Dashain Banner
Dashain Banner

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार तिर्थालुले चढाए भेटी

शनिबार, असार १, २०८१

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा उक्त रकमबराबरको नगद संकलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, जेठमा १६ लाख ६५ हजार ९५६ रुपैयाँ संकलन भएको छ । संकलित भेटी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार ८९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्