Dashain Banner
Dashain Banner

प्रमाणपत्र नक्कली, जागिर सक्कली: शाखा अधिकृतलाई अख्तियारको सनासो

मंगलबार, जेठ २९, २०८१

नक्कली शैक्षिक योग्यता पेश गरेर जागिर खानेमाथि अख्तियार निर्मम भएको छ। पछिल्लो महिना मात्र अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रधारीका विरुद्ध विषेश अदालत मुद्दा दायर गरिरहेको छ।

आजै मात्र अख्तियारले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत (सातौँ तह) लक्ष्मण शाहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा मुद्दा दर्ता गरिएको हो । 

आरोपी शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु गरी प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृत (सातौँ तह) मा बहाल रही निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको गरेको अख्तियारको दाबी छ । 

आयोगले छुट्टै युनिट खडा गरेर नक्कली प्रमाणपत्र बोकेर जागिर खानेको सातो लिन थालेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्