सोसल मिडिया
युनिकोड
पदीय जिम्मेवारीलाई बिर्सिएर, दायित्व र कर्तव्यलाई कुल्चिएर अमत्याई लागेका एक उपसचिव जबरजस्ती करणी जस्तो गम्भीर प्रकारको मुद्दाको दलदलमा फसेका छन्। मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रुपेशकुमार साह फरार भएपछि प्रहरीले धुईपताल खोजी गरिरहेको छ। साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
मुख्यमन्त्री कार्यालयमै कार्यरत सहकर्मीकी श्रीमती माथि जाईलागेका उनी अहिले भागेर भारत पुगेका छन्। रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको बात लागेका साहले भागेर कसुरदार भएको स्वयमले स्वीकारेको मुख्यमन्त्री कार्यालयको उच्च श्रोतले बताएको छ।
गत माघमा उनले गरेको हर्कतको अहिले पटाक्षेप भएपछी उनी भूमिगत भएका हुन्। माघ १८ गते बिहीबार राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएका थिए । श्रीमान् नभएको मौकामा चौका हानेका उनले अहिले त्यसको भारी बोक्नु परेको हो।
‘सामसुम’ पार्न खोजिएको घटना झन् बल्झिएपछि मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव साह भने फागुन १८ गतेदेखि बिदामा बसे । ‘उपसचिव साह बिदा स्वीकृत गरेर बस्नुभएको थियो,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन गौतमले भने,‘बिदा भुक्तान भइसके पनि उहाँ हाम्रो कार्यालयको सम्पर्कमा हुनुहुन्नँ ।’
बिदामा बसेकै बेला प्रहरीमा जर्बजस्तीकरणीको उजुरी परेपछि उपसचिव साह फरार छन् । साह लामो समय संघिय संसद सचिवालयमा काम गरि प्रदेश तर्फ हान्निएका व्यक्ति हुन्।