Dashain Banner
Dashain Banner

युवतीको अश्लिल भिडियो बनाउने मोबाइल पसलेलाई पुलिसले पाता कस्यो

सोमबार, जेठ २८, २०८१

युवतीको अश्लिल भिडियो बनाएको आरोपमा सोमबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक छन्।

मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाई मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाई विभिन्न अश्लिल साइट सर्च गरेको भेटिइएपछि उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए।  

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्