Dashain Banner
Dashain Banner

ठेकेदारलाई काम सक्न चटारो, प्रचण्डका मन्त्रीलाई बास बस्नै हतारो

सोमबार, जेठ २८, २०८१

कोहीलाई के को धन्दा, घर ज्वाईलाई खानकै धन्दा भन्ने उक्ति प्रचण्ड क्याबिनेटका तीन मन्त्रीमा ठ्याक्कै लागु हुने देखिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक्लै सर्वस्व खाए भनेर छुट्टीएर बनेको जसपाका तीन थान मन्त्रीलाई सुत्नाकै पीरले सताएको स्वयम् उनीहरुको रवाफले देखाएको छ। 

त्यत्रो विध्न गर्न त केही गरेका छैनन् तर निर्माणकै चरणमा रहेको र काम सक्न केही बाँकी हुँदै भैसेपाटीको नयाँ मन्त्री क्वार्टरमा बास बस्न अड्डी कसेपछि समस्या उत्पन्न भएको छ। मन्त्री क्वार्टरको बाहिरी काम सक्न बाँकी नै छ। बत्ति जडान भएको छैन तर पनि वन मन्त्री नवलकिशोर  साह, स्वास्थ्य मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसीना खानलाई अहिल्यै नयाँ क्वार्टर चाहिएको हो। 

मन्त्री क्वार्टरको ब्यबस्थापन शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आएको छ। विशेष भवनले दुई वटा भवन निर्माण गरेर दिएपछि व्यवस्थापन कार्यालयले स्वास्थ्य मन्त्री यादवलाई तालाचाबी दिएको छ। यादव आईतबार देखि नै भैसेपाटीमा सुत्न थालेका छन् भने वन मन्त्री साहले भोलि सर्न साईत हेराई सकेका छन्।

ती दुवै मन्त्रीले अहिले मन्त्री क्वार्टर रहेको पुल्चोकमा बस्न पाएका थिएनन्। सबै मन्त्रीलाई भैसेपाटी सारेपछि पुल्चोक क्वार्टर न्यायाधिशलाई जिम्मा लगाउने सरकारको तयारी छ ।  सुविधा सम्पन्न नयाँ मन्त्री क्वार्टरमा बस्न पाउने पहिलो भाग्यमानी मन्त्री बनेका प्रदीप यादव जसपा नेपाल विभाजन गर्न लागिपर्ने मध्येका अगुवा पनि हुन्। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्