Dashain Banner
Dashain Banner

कस्तो हुनेछ आज दिनभरको मौसम ? तातो हावा कता-कता चल्छ ?

सोमबार, जेठ २८, २०८१

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ। कोशी तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ भने लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्