नक्कली पढाईको चिर्कटो देखाएर जागिर खाने जासुस फन्दामा परे

आइतबार, जेठ २७, २०८१

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जासुसी अड्डाका एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्