Dashain Banner
Dashain Banner

नक्कली पढाईको चिर्कटो देखाएर जागिर खाने जासुस फन्दामा परे

आइतबार, जेठ २७, २०८१

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने जासुसी अड्डाका एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्