Dashain Banner
Dashain Banner

इलाममा खोलाले जिप बगाउँदा दुई जनाको गयो ज्यान

सोमबार, जेठ २१, २०८१

इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।
उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:४०
प्रतिक्रिया दिनुहोस्