Dashain Banner
Dashain Banner

पुलिसका आधिकारिक कुरा बोल्न कार्कीलाई दिईयो जिम्मा

आइतबार, जेठ २०, २०८१

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगानामा सम्पर्क गर्न सकिने छ ।

प्रहरी नायब महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हालेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्