उच्च पहाडी र हिमाली क्षेत्रमा आँखा नलगाउन पर्यटकलाई अध्यागमनको फरमान

मंगलबार, कात्तिक १०, २०८३

अध्यागमन विभागले यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकहरूलाई अनुरोध गरेको छ ।

कात्तिक १२ गतेदेखि १४ गतेसम्म नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकोले विभागले पर्यटकलाई ती क्षेत्रमा नजान अनुरोध गरेको हो ।

“यसै परिप्रेक्ष्यमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले संभावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ,” विभागले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

कात्तिक १२ गतेदेखि १४ गतेसम्मको अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति मंगलबारबाट जारी नहुने पनि विभागले स्पष्ट पारेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्