बुटवल पावर कम्पनीको कार्यालयमै ५० वर्षीय पुरुष मृत भेटिए

शनिबार, जेठ १९, २०८१

काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृतावस्थामा फेला परेका छन् ।

मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार विक आज मृत फेला परेका हुन । उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्