सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि असोज २१ गते निर्वाचन तोकिएको छ। कांग्रेसको १५औं महाधिवेशनको कार्यक्रम सार्वजनिक भएको छ। मंगलबार केन्द्रीय निर्वाचन समितिले कार्यक्रम सार्वजनिक गरेको हो।
महाधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १५ गते तोकिएको छ। त्यसपछि असोज १६ र १७ गते महाधिवेशन प्रतिनिधि रजिस्ट्रेशन गर्दा गर्ने समयावधि तय गरिएको छ।
कांग्रेसले १५औं महाधिवेशन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्च, टुडिखेलमा उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछिका दुई दिन असोज १९ र २० गते बन्दसत्र चल्ने भएको छ।
बन्दसत्र सकिएसँगै असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।