Dashain Banner
Dashain Banner

बाग्लुङ्गको गलकोटका किसानलाई रोपाइँको चटारो

शुक्रबार, जेठ १८, २०८१

देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि बाग्लुङ्गको गलकोटका किसानलाई रोपाइँको चटारो छ।  सिँचाइ सुविधाका कारण मध्य जेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ।

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ।

जिल्ला कृषि ज्ञान केन्द्रकाअनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि  रोपाइँ हुने गरेको छ। 

मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन्। 

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म  रोपाइँ हुने गरेको छ। 

बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छ भने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्