Dashain Banner
Dashain Banner

ओलीको प्रदेशमा तीन दिन लगातार गणतन्त्र दिवस

सोमबार, जेठ १४, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

निर्णयमा सबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरूले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी आज साँझ दीपावली गर्ने, भोलि बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरू, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरू उपस्थित भई प्रभातफेरी गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ । कोशी प्रदेश एमाले अध्यक्ष केपी ओलीको गृह प्रदेश हो। 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्