Dashain Banner
Dashain Banner

उपसचिव सहित एक दर्जनले राज्यलाई हानी पुर्याएपछि अख्तियारले हाल्यो मुद्दा

आइतबार, जेठ १३, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपसचिव सहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेल सहित लेखा अधिकृत, निर्माण सेवाका प्रोपाइटरसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा,  इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्री विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्