सोसल मिडिया
युनिकोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा अहिलेका मुख्यसचिवले मिल्ने/ नमिल्ने सबै काम गरे। जसको स्वतन्त्र पुष्टि उनको अख्तियार आउजाउ बाटै हुन्छ। सूचना प्रविधिका क्षेत्रमा भएका जतिपनि काण्ड छन् ती सबै काण्डको मठाधीश अरू कोही नभएर उनै विद्यावारिधि गरेकै मुख्यसचिव बैकुण्ठ अर्याल हुन्।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको प्रकरण होस् या त आयल निगमको बोनस काण्ड नै किन नहोस् यी सबै चलखेलका केन्द्रमा तिनै मुख्यसचिव जोडिएका छन्। निजामति सेवामा कानूनको धज्जी उडाएर राजस्व चुस्नै मात्र प्रवेश गरेको हो कि भन्ने शंकालाई बल पुग्ने गरिका कसुर गरेका मुख्यसचिवको पदीय हैसियतको रसायनले पनि थप शंका गर्ने ठाउँ दिएको छ।
अन्तःशुल्क स्टिकर छपाई खरिदमा मुख्यसचिवले भ्रष्टाचार गरेको र मुख्य कारिन्दा उनै भएको निचोड सहितको अभियोगपत्र अख्तियारले तयार पारेर राखेको छ।
घर जानु दुई दिन अघि अस्वाभाविक तरिकाले बाँकटे हानेका उनले अहिले भने सास्ती पाएका छन्। त्यो दिन जे-जे भयो निजामति सेवामा न यसअघि त्यस्तो रमिता देखिएको थियो न त अब नै देखिएला। तीन-तीन जना कामु मुख्यसचिव बनेर एउटालाई अर्कोले बैतरणी तार्ने काम भयो र बैकुण्ठ मुख्यसचिवको कुर्सीमा बसे। अख्तियारको कसुरदार मुख्यसचिवलाई कानूनी दफाले कसरी सम्बोधन गर्छ त्यो अर्कै कुरा भयो तर अदृश्य इजलासले भने दण्ड दिन थालेको छ।
टेरामक्सको लफडा संग जोडिएका र त्यो बाहेकका उच्च तहका हिनामिना काण्डमा कतै न कतै जोडिएका मुख्यसचिवलाई आफैलाई लागेका काण्डले लपेटेको मात्र छैन ओखती खानुपर्ने ठाउँमा पुर्याएको छन्। पछिल्लो महिनादिन अघि बाट मुख्यसचिव अर्यालले प्रेसर र सुगरको ओखती खान थालेका छन्। बेचैनीले हुर्याएपछि सुगर र प्रेसरको धुलोमुलोले मात्र पनि काम गरेन। त्यसपछि ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणको पाउ मुसार्न पुग्नु पर्यो। परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको स्वामी संगको बाक्लो उठबसले मुख्यसचिवलाई राहत दिएको श्रोतको भनाई छ। केही दिन तपोबनमै बसेपछि मुख्यसचिव रिचार्ज भएका त छन् तर प्रेसर र सुगरको ओखतीको डोज चाँही बढाउनु परेको छ।