मुख्यसचिवले हरिस हत्याउन नसकेपछि ठेडी हत्याउन लगाए जुक्ति

आइतबार, भदौ १५, २०८२

निजामती विधेयकमा कुलिङ पिरियड राख्दै नराख्न मुख्यसचिव एकनारायण अर्याल देखि उच्च पदस्थ केही कर्मचारीले लगाएको सामर्थ्यले सिंगो देशकै ध्यान खिच्यो । कुलिङ काण्डको कोपभाजनमा परेर छँदाखाँदाको राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाले चित्त कुँडाएर राजीनामै दिनुपर्यो ।

प्रतिनिधिसभामा खेलोमेलो गरेर घुसाईएको दफालाई राष्ट्रिय सभाको विधायन समितिले हुत्याइदिए पछि मुख्यसचिव सहितका घरजान ठिक्क परेका कर्मचारी एक बर्षे बोनस खान जुर्मुराएर लागिपरेका छन् ।

प्रतिनिधि सभाले विधेयकमा आगामी आर्थिक बर्षमा एक बर्ष र त्यसपछिको आर्थिक बर्षमा एक बर्ष बढाएर आइन्दा कर्मचारीको अवकाश उमेर ६० बर्ष हुने ब्यवस्था गरेको छ ।

उक्त व्यवस्था विधेयक पास भएपछि लगत्तैको आर्थिक बर्षदेखि शुरु हुने स्पष्ट छ । तर, चालु आवमै सो व्यवस्था लागू हुने प्रावधान राखेर एक बर्ष जागिर लम्ब्याउने खेलोमेलो शुरु भएको छ । त्यसो हुदाँ मुख्यसचिव अर्यालले २०८३ मंसीर ९ गतेसम्म ढुक्कैले मुख्यसचिव चलाउछन् ।

सुनिए अनुसार कुलिङ पिरियड संग ऐन लागू हुने मितीको साटफेर गरिदैछ ।

सचिवको पाँचवर्षे कार्यकाल सकेर अस्ती फागुनमै घर जानुपर्ने अर्याल मुख्यसचिव भएपछि रोकिएका थिए । मंसीर ९ गते ५८ बर्ष पुगेपछि स्वत घरजानुपर्ने मौजुदा ऐनलाई आफू अनुकूल बर्ष दिन थपेर मुख्यसचिवको एक बर्षे कूत उठाउने अर्याल चहाना पूरा हुने नहुने टुंगो भने छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्