सोसल मिडिया
युनिकोड
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका ऊर्जा हेर्ने सचिव सुरेश आचार्यले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्षे उमेर हदका कारण आचार्य घर जानु परेको हो। उनको जागिरे जीवन आजै भदौ १५ गतेदेखि सकिएको छ।
लामो समय पर्यटन मन्त्रालय बसेका उनी इन्जिनियरिङ क्लष्टरबाट २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका थिए। आचार्य ५ वर्षे कार्यकाल पूरा नगरी ३ महिना अगावै घर गएका हुन्। उनले अवकाश पाएसँगै ऊर्जामा सचिव रिक्त भएको छ।
आचार्यले सहरी विकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, खानेपानी मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय जस्ता निकायमा बसेर सचिवको भूमिकामा काम गरे।
शहरी मन्त्रालयको सचिव हुँदा त्यहींको गाडी लिएर हिडेका उनले केहि महिना अघि मात्र सो गाडी फिर्ता गरेका छन्। बा ९३५२ नम्बरको गाडी आचार्यले तीन बर्ष भन्दा बढी समय चलाएर आचार्यले फिर्ता गरेका हुन्। शहरीको मात्र नभएर उनले खानेपानी मन्त्रालयको गाडी समेत कब्जा गरेका छन्।
तीन पटक शहरी मन्त्रालयले पत्राचार गर्दा पनि वेवास्ता गरेका आचार्यलाई शहरी मन्त्री प्रकाशमान सिङले नै फोन गरेर ट्राफिक लगाएर तान्छु भनेपछि बल्ल आचार्यले गाडी फिर्ता गरेका हुन्।