प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि निरन्तर छलफल 

बुधबार, वैशाख २४, २०८२

प्रतिनिधिसभाको बैठक बुधबार बिहान बस्दैछ। आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। आज पनि सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले बोल्नेछन्।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्