वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने एकजना कर्याप्पै

सोमबार, वैशाख २२, २०८२

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । 

क्रोएसिया पठाइदिन्छु भनेर तीन लाख ७५ हजार ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको शंखरापुरका राजिन स्याङ्तानलाई पक्राउ गरेको हो । 

स्याङ्तान काठमाडौंको बौद्धबाट आइतबार पक्राउ परेका हुन् । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्