बढुवा भएका आधा दर्जन एआईजीको जिम्मेवारी तोकियो, कसले के पाए ?

मंगलबार, वैशाख १६, २०८२

नेपाल प्रहरीका हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ।

प्रहरी प्रधान कार्यालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसीलाई जिम्मेवारी तोकेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा खापुङ र मानव स्रोतमा कार्कीलाई जिम्मेवारी दिइएको छ भने आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २३:१७
प्रतिक्रिया दिनुहोस्