सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले निर्देशिकाविपरीत सहसचिवको दरबन्दीमा पठाएका रामेछाप र दैलेखका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) तानेको छ।
रामेछापका उपसचिव सिडिओ राजुप्रसाद पौडेल र दैलेखका सिडिओ नवराज जैसीलाई गृह मन्त्रालय तानिएको हो।अझ जैसीको त दैलेख गृह जिल्ला नै हो।
रामेछापमा अपांग कोटाबाट सहसचिव भएका तनहुँका सिडिओ श्यामकृष्ण थापालाई पठाइएको छ। सिडिओ बनेर जन्मजिल्ला (घर) गएका दैलेखका सिडिओ उपसचिव नवराज जैसीलाई मन्त्रालय तानेर दैलेखका मन्त्रालयको जगेडामा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई सिडिओ बनाएर पठाइएको हो। गैह्रे बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवबाट गृह मन्त्रालय आएका थिए। सहसचिव गैह्रेलाई दैलेखको सिडिओमा पठाइएको छ।
तनहुँको सिडिओमा भने गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई खटाइएको छ। अधिकारी नुवाकोटको सिडिओबाट गृहको जगेडामा पुगेका थिए। उनलाई तनहुँको सिडिओ बनाएर पठाइएको हो।