पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन

शनिबार, वैशाख १३, २०८२

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन भएको छ।

लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका थिए।  सिनामङ्गलस्थित केएमसी अस्पतालमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपप्रमुख पनि भएका थिए। नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिनएका थिए। 

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेनदास प्रधानले जानकारी दिए।

डङ्गोलकी श्रीमती छिन्। 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्