Dashain Banner
Dashain Banner

आफ्ना कुरा सुन्दिने नभएपछि प्रधानमन्त्री ओलीले संसदमा नबोल्ने

शुक्रबार, वैशाख १२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ। अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची थियाे।   

तर, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । प्रचण्ड मात्र नभएर कांग्रेस सभापति शेरबहादुर देउवा समेत आजको बैठकमा उपस्थित हुने छैनन्। देउवा आजै बैंकक बाट नेपाल आउनेछन्। 

संसद्‌को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्