आइफोनको २०औँ वार्षिकोत्सवमा एप्पलले फोल्ड गर्न मिल्ने आइफोन ल्याउँदै 

सोमबार, चैत २५, २०८१

एप्पलले आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गलाई उद्धृत गर्दै पीसीमयाग अनलाइनले जनाएको छ ।

परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने अपेक्षा गरिएको छ । यस्तो आइफोन तयार गर्ने परियोजना वर्षौंदेखि सञ्चालनमा रहेको बताइएको छ ।

यसबाहेक काँचको व्यापक प्रयोगमार्फत एउटा नयाँ प्रो मोडेल पनि तयार हुन सक्ने बताइएको छ । उपभोक्ताले भने आइफोनमा ठूलो परिवर्तन रुचाउने सम्भावना कम रहेको बताइएको छ ।

अपेक्षाअनुसार नै एप्पलको आइफोन प्रो १७ मोडल प्रो १६ जस्तो देखिनेछ । साथै, आइफोन १७ को अगाडिको भाग प्रो १६ मोडेलजस्तै देखिनेछ । तर, पछाडिको क्यामेरा फोनको चौडाइसम्म फैलिएको नयाँ प्यानलमा राखिनेछ ।

यसबाहेक आइफोन १७ प्रोको पछाडि दुई रङको डिजाइन हुने छैन । क्यामेरा क्षेत्र बाँकी भागजस्तै एउटै रङको हुनेछ । आइफोन १७ प्रो हालका मोडेलभन्दा धेरै फरक छैन ।

एप्पलले विगतमा झैँ आइफोन १७ (आइफोन १७ एयरसहित) आउँदो सेप्टेम्बरमा ल्याउने अपेक्षा छ । आइफोन १७ आइफोन १६ जस्तै देखिने भए पनि यसभित्र धेरै परिवर्तन हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्