सोसल मिडिया
युनिकोड
अभागीलाई खानेबेलामा रिस उठ्छ भन्ने नेपाली लोकोक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई चिन्ने स्पष्ट संकेत मिलेको छ ।
काठमाण्डौ निर्वाचन क्षेत्र १ का उम्मेद्वार मिश्र अहिले समेत गरी तेस्रो पटक प्रथम हुन जोरजुक्ति लगाईरहेका छन् । तर, उनलाई फागुन २१ जति नजिकिंदै जान्छ उति उति आपत् आईलाग्दो छ ।
शुरुमा आफ्नै पार्टी विवेकशील साझाबाट र त्यसपछि निरन्तर राप्रपाबाट उम्मेद्वार बनेको मिश्र यसअघि दोस्रो भएका थिए । तेस्रो प्रयासमा जित निकाल्न चम्किएका उनी अघिल्ला चुनावमा भन्दा पछि पर्ने संकेत देखिएको हो।
काठमाण्डौ १ मा मिश्रकै कारण राप्रपाका दुईसयबढी ले राप्रपालाई लात हानेका छन् । कार्यकर्ता तहका दुईसयले मात्र साथ छोडेका होइनन् । मिश्रकै कोटाबाट राप्रपामा सहमहामन्त्री भएका सौरेन्द्र बहादुर शाह र केन्द्रीय सदस्य चोकराज घिमिरेले मिश्रलाई त्यागिसकेका छन् ।
घिमिरेले त कांग्रेसका उम्मेद्वार प्रबल थापालाई दुई साता अघिबाटै भोट माग्न थालिसकेका छन् । राप्रपाको राम्रो जनमत भएकै स्थानका मतदाताले मिश्रलाई रित्तो पारेपछि उनले तेस्रो हुन पनि प्रतिस्पर्धा गर्नुपर्ने देखेको एक मतदाताले बताए ।
जित निकाल्न होमिएका मिश्रलाई दिनहुँ नयाँ आपत् आइलाग्दो छ । मिश्रकै प्रचारक बनेर विगतमा काठमाण्डौ क्षेत्र १ मा पर्ने ११ नम्बर वडाकी अम्बिका अर्याल सहितका दुई दर्जनले पार्टी परित्याग गरेका छन् । यसले पनि मिश्रको उडान सपनामा ब्रेकरको काम गर्ने निश्चित छ ।
काठमाण्डौ १ कांग्रेसका प्रबल थापा र रास्वपाकी रञ्जु दर्शनाबीच चर्को प्रतिस्पर्धा छ । यी मध्येका एक निर्वाचित अर्का उप बिजेता अर्थात् दोस्रो बन्ने हुन् । तेस्रो बन्न पनि मिश्रले एमालेका उम्मेद्वार सँग प्रतिस्पर्धा गर्नुपर्ने जोखाना देखिएको ती मतदाताले बताए ।