Dashain Banner
Dashain Banner

पृथ्वीपथमा बतासिन खोज्ने रवीन्द्र मिश्रलाई चुनावीपथमा खड्गै खड्गो

सोमबार, फागुन ४, २०८२

अभागीलाई खानेबेलामा रिस उठ्छ भन्ने नेपाली लोकोक्तिले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई चिन्ने स्पष्ट संकेत मिलेको छ ।

काठमाण्डौ निर्वाचन क्षेत्र १ का उम्मेद्वार मिश्र अहिले समेत गरी तेस्रो पटक प्रथम हुन जोरजुक्ति लगाईरहेका छन् । तर, उनलाई फागुन २१ जति नजिकिंदै जान्छ उति उति आपत् आईलाग्दो छ । 

शुरुमा आफ्नै पार्टी विवेकशील साझाबाट र त्यसपछि निरन्तर राप्रपाबाट उम्मेद्वार बनेको मिश्र यसअघि दोस्रो भएका थिए । तेस्रो प्रयासमा जित निकाल्न चम्किएका उनी अघिल्ला चुनावमा भन्दा पछि पर्ने संकेत देखिएको हो।

काठमाण्डौ १ मा मिश्रकै कारण राप्रपाका दुईसयबढी ले राप्रपालाई लात हानेका छन् । कार्यकर्ता तहका दुईसयले मात्र साथ छोडेका होइनन् । मिश्रकै कोटाबाट राप्रपामा सहमहामन्त्री भएका सौरेन्द्र बहादुर शाह र केन्द्रीय सदस्य चोकराज घिमिरेले मिश्रलाई त्यागिसकेका छन् ।

घिमिरेले त कांग्रेसका उम्मेद्वार प्रबल थापालाई दुई साता अघिबाटै भोट माग्न थालिसकेका छन् । राप्रपाको राम्रो जनमत भएकै स्थानका मतदाताले मिश्रलाई रित्तो पारेपछि उनले तेस्रो हुन पनि प्रतिस्पर्धा गर्नुपर्ने देखेको एक मतदाताले बताए ।

जित निकाल्न होमिएका मिश्रलाई दिनहुँ नयाँ आपत् आइलाग्दो छ । मिश्रकै प्रचारक बनेर विगतमा काठमाण्डौ क्षेत्र १ मा पर्ने ११ नम्बर वडाकी अम्बिका अर्याल सहितका दुई दर्जनले पार्टी परित्याग गरेका छन् । यसले पनि मिश्रको उडान सपनामा ब्रेकरको काम गर्ने निश्चित छ ।

काठमाण्डौ १ कांग्रेसका प्रबल थापा र रास्वपाकी रञ्जु दर्शनाबीच चर्को प्रतिस्पर्धा छ । यी मध्येका एक निर्वाचित अर्का उप बिजेता अर्थात् दोस्रो बन्ने हुन् । तेस्रो बन्न पनि मिश्रले एमालेका उम्मेद्वार सँग प्रतिस्पर्धा गर्नुपर्ने जोखाना देखिएको ती मतदाताले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्