सामाजिक सञ्जाल विधेयक फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय 

मंगलबार, माघ २०, २०८२

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

आजको बैठकले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्