सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेस गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्था अनुरूप सबै उम्मेदवारहरूले बुझाएका विवरणहरू आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको हो।
आयोगका अनुसार यस कदमले मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सार्वजनिक गरिएका उम्मेदवारका वैयक्तिक विवरणहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध छन्। इच्छुक व्यक्तिहरूले वेबसाइटमा गई सम्बन्धित उम्मेदवारको विवरण अवलोकन गर्न सक्ने आयोगले जनाएको छ।
विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।