कुशासनको कन्दनी छिनाउन बनेको सरकारले यसरी गर्न थाल्यो सिडिओको सरुवा 

शुक्रबार, पुस २५, २०८२

कुशासनको कन्दनी छिनाउन भन्दै बनेको जेन्जी आन्दोलनपछिको सरकारले झन्-झन् उदेकलाग्दा काम गर्न थालेको छ। गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका दुई वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गर्दा रमिता देखाएको हो।  

गृहले नुवाकोटमा शम्भुप्रसाद रेग्मी र बागलुङमा कृष्णप्रसाद आचार्यलाई सिडिओ नियुक्त गरेर रमिता देखाएको हो। दुवै जिलामा सहसचिवको दरबन्दी छ तर त्यहाँ सिडिओ बनेका दुवै उपसचिव हुन्।

सहसचिव जानुपर्ने ठाउँमा उपसचिव पठाएको गृह मन्त्रालयले अनौठो तर्क पेश गरेको छ। दुवै उपसचिव सहसचिव बढुवा सिफारिशमा परेका चाँही छन् तर सहसचिव भएका छैनन्।  ३५ दिने सूचना पनि आइसकेको हुँदा सरुवा गरिएको तर्क गृह प्रवक्ताको छ। 

बढुवामा चित्त नबुझे यो अवधिमा लोकसेवाको उजुरी सुन्ने विभाग वा अदालतमा समेत जान पाईने व्यवस्था छ। अरु कोही कर्मचारी नै नभए झैं गरि सहसचिवको दरबन्दीमा उपसचिव पठाईनु पनि प्रशासनिक वेतिथि नै हो। 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्