सचिवका कारण मन्त्रीको जिम्मेवारी हेरफेर

आइतबार, पुस २०, २०८२

सरकारका मन्त्रीको कार्यविभाजनमा हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीको कार्यविभाजन हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्‌मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसरी मन्त्री फेर्नुको चुरोकुरो भनेको सचिवको व्यवस्थापन हो। खानेपानी मन्त्रालयका सचिव रामआधार साहका कारण खानेपानी मन्त्रीको जिम्मा पाएका श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको अतिरिक्त जिम्मेवारी खोसिएको हो।

कानून मन्त्री अनिल सिन्हाले कान फुकेपछि राजेन्द्रको खानेपानी मन्त्रालय खोसिएको हो । सचिव साह पेट्रोलपम्प ठगीको चिप्स काण्डमा जोडिएका थिए । त्यसैको अनुसन्धानमा सामेल भएका पूर्व प्रहरी मन्त्री भण्डारीले सचिव फेर्न भनेका थिए । तर, सचिव होइन मन्त्री नै फेरिन पुगेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्