सोसल मिडिया
युनिकोड
पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतले नातागोता र आफन्त च्यापेर कुशासन मच्चाए भनेर धारे हात लगाउने नयाँले पुरानालाई बिर्साउने कृत्य गरेका छन्।
नेपो किड्सको विरोध गरेर हुर्काएको जेन–जी आन्दोलनको नाराले तिनैलाई गिज्याएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल समानुपातिक सूचीमा छन् । उनी खस आर्यतर्फ सहमहामन्त्री विपिनकुमार आचार्यपछि दाेस्राे नम्बरमा परेका छन् । चन्द्र ढकाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष हुन् । कुनै राजनीतिक पृष्ठभूमि नभएका ढकाल सिधै दाेस्राे नम्बरमा कसरी परे ? रास्वपा नेताहरूले प्रश्न उठाएका छन् ।
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजाति महिलातर्फकाे तेस्राे नम्बरमा छिन् । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी संग अति निकट भनेर पनि कुनै बेला चर्चा भएको थियो। सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमाको राहुल संग राम्रै सम्बन्ध भएको चर्चा छ। नीमा मार्टिन शेर्पा संग बिहे गरेकी सुम्निमाको बिहे पार्टीमा राहुल काठमाडौँ आएका थिए।
यस्तै, यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम शाहका दाजु आसिफ शाह पनि समानुपातिक सूचीमा मुस्लिम काेटाकाे एक नम्बरमा समावेश छन् । रवि र बालेनकाे पटकपटककाे छलफल शाहकै घरमा भएकाे थियाे ।
समानुपातिक सूचीमा उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । आदिवासी जनजातिकाे एक नम्बरमै उनकाे नाम देखिन्छ । डा. राम लामा र घिसिङ सम्बन्धले मामा भाञ्जा रहेकाे रास्वपा स्राेतकाे भनाइ छ । त्यति मात्र होइन व्यापारी पृष्ठभूमिका दर्जन व्यक्ति समानुपातिक सूचीमा अटाएका छन्।
त्यस्तै, पाथीभरामा केबलकार बनाउने र ‘नो केवलकार’ भन्ने पनि एकै ठाउँमा परेका छन्। केबलकार बनाउने व्यवसायी सचिन (चन्द्र ढकालका छोरा) र ‘नो केबलकार’ अभियानका अगुवा डा. महेन्द्र लावती रास्वपाको समानुपातिक सूचीमा परेका छन् । लावतीले त नसोधी राखेको भन्दै आपत्ति नै जनाईसकेका छन्। केबलकार काण्डमा हानाहान गर्नेलाई रास्वपाले समानुपातिक बन्द सूचीमा समेटेपछि अनेक शंका गर्न थालिएको छ।