सोसल मिडिया
युनिकोड
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद सुवेदीकी पत्नी डा. टीका ढकाल नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
पार्टी अध्यक्ष केपी ओली प्यानलमा अटाएकी उनले पहिलो प्रयासमै केन्द्रीय सदस्य पड्काएकी हुन् ।
एमालेको खुला महिला केन्द्रीय सदस्यको कोटामा ओली खेमामा अटाएकी उनी १५ औं नम्वरकी उम्मेदवार थिइन् । उनले १७५९ मत ल्याएर विजयी बन्ने अवसर पाएकी हुन् ।