ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

आइतबार, मंसिर २१, २०८२

नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई पाङग्रा भन्ने गरिन्छ । हुन पनि हो दुबै पाङग्रा मजबुत भएनन् भन्ने गन्तव्यमा पुग्न सकिदैन ।

सुदुर गन्तव्य तय गरेर जीवन जिउने कसम खाएको एउटा सुन्दर जोडीलाई सुनौलो संयोग मिलेको छ । 

मंसीर २० गते लोकसेवा आयोगले प्रकाशित गरेको शाखा अधिकृतको नतिजामा श्रीमान् श्रीमतीनै उतिर्ण भएका छन् ।

शनिबार प्रकाशित शाखा अधिकृतको नतिजाबाट सोलुखुम्बु जिल्ला महाकुलुङ ३ स्थायी ठेगाना भएका श्रीमान एकराज कुलुङ र श्रीमती मनिषा राई शाखा अधिकृत सिफारिस भएका छन् । 

सँगै जीवन जिउने बाचा गरेका युगल जोडी शाखा अधिकृतको चालीसौ व्याचका हिस्सेदार बनेर लोकसेवा तयारीमा होमिएकाहरुका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्