सोसल मिडिया
युनिकोड
सुशासनको दुहाई दिने नेपाल सरकारका केही उच्च पदस्थ कर्मचारी मौजुदा निजामती ऐनलाई लत्याएर कुशासनलाई टेवा पुग्ने काममा रमाउने गरेको पोल खुलेको छ।
आफूलाई अति शुद्द र कामकाजी देखाउन अनेक गर्ने ती कर्मचारीको हुद्दा खाममा घुसारिएको केही हजार थाप्न लर्को लागेरै होटेलमा पुगेका हुन्। अनुमति नलिई लोक सेवा तयारी कक्षा पढाउँन नपाउने व्यवस्थालाई च्यातचुत पार्न रुचाउने कर्मचारीको हूल त्यसरी कार्यालयको काम थान्को लगाएर होटल चहारेका हुन्।
लोक सेवा नेटवर्कले काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सहसचिव र उपसचिवका लागि ५ दिने लेखनसिप, सेमिनार र विशेष अन्तरक्रिया कार्यशाला कार्यक्रममा नेपाल सरकारका बहालवाला सचिव राजकुमार श्रेष्ठ, सहसचिवहरू प्रकाश दाहाल, यमलाल भुसाल, महेश्वर ढकाल, रामबन्धु सुवेदी, महेश बराल, नरहरि घिमिरे, कृष्ण पौडेल, देवराज जोशी र प्रदिप परियार हार्दिक होटलमा अड्डा जमाएर बसेका हुन्।
लोकसेवाको सचिव चलाएर प्रधानमन्त्री कार्यालयमै काम गर्दै आएका सचिव राजकुमार समेत त्यहाँ हल्कारा बनेर पुगेपछि त्यसको सर्वत्र आलोचना भएको छ। प्रकाश सामान्य प्रशासन मन्त्रालयका सहसचिव हुन्। उनले मन्त्रालयको काम भन्दा पनि लोकसेवा तयारी कक्षालाई बढी ध्यान दिएका छन्। प्रदीप चाँही भ्रष्ट्राचार मुद्दा खेप्दै आएका सहसचिव हुन्। नरहरि त्रिवि अध्यागमनका हाकिम हुन्।
अनुमति नलिई लोक सेवा तयारी कक्षा पठाउन जान पाइँदैन। त्यस्तो अवस्थामा सरकारी कर्मचारीलाई कारबाही हुन्छ। तर यहाँ त प्रधानमन्त्री कार्यालयकै सचिवलाई कारवाही गर्नु पर्ने अवस्था छ। सुशासनको पुराण सुनाउने प्रधानमन्त्री सुशीला कार्कीले सचिव राजकुमार सहितका कर्मचारीलाई अभयदान दिन्छिन कि कानूनले तोकेको सजाय दिन्छिन त्यो भने हेर्नै बाँकी छ। नयाँ मुख्यसचिव सुमनराज अर्यालको जाँचकी पनि यहि प्रकरण बाटै हुनेछ।