सोसल मिडिया
युनिकोड
सुशीला सरकारले दुई सचिवको सरुवा गरेको छ। त्यस्तै बढुवा भएका सचिवको साविककै स्थानमा पदस्थापन पनि गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ। त्यहाँका हरिप्रसाद मैनालीलाई निरौलाको अड्डा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको हो। मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ) बाट पर्यटन मन्त्रालयमा भित्रिएका थिए।
अघिल्ला मुख्यसचिव एकनारायण अर्यालको पेलाईमा परेर १० महिना ११ दिन सिंहदरबार बाट ओझेल पारिएका निरौला सिंहदरबार भित्रिएका हुन्। सामान्य मन्त्रालय र श्रम मन्त्रालय चलाईसकेका निरौला भ्रष्ट्राचार काण्डमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालका प्यारा थिए। उनले बैकुण्ठलाई चतराधाम तीर्थ पनि गराएका थिए। तर अघिल्ला मुख्यसचिव एकनारायणले पेलेका निरौलाले सुमन सर्याल मुख्यसचिव भएपछी अभयदान पाएका छन्।
मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अब सचिव हुने पालो अख्तियारमा कार्यरत सहसचिव राजेन्द्र पौडेलको छ। उनलाई आउँदो क्याबिनेटले सचिव बढुवा गर्नेछ।