अर्थमन्त्रीले धाप मारेपछि भूपालले पाए राजस्व सचिवको जिम्मा, अरु चार सचिव यताउता 

मंगलबार, कात्तिक २५, २०८२

सरकारले पाँच सचिवको सरुवा गरेको छ। वाग्मती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मा लगाईएको छ। रिक्त रहेको वाग्मतीको प्रमुख सचिवमा बाबुराम अधिकारीलाई तानिएको छ। बाबुराम लुम्बिनी प्रदेशको प्रमुख सचिव थिए। 

त्यस्तै सचिव बढुवा भएर पनि काम नपाएका कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेश पठाईएको छ भने सुदुर पश्चिम प्रदेशका प्रमुख सचिवलाई जगेडामा थान्को लगाईएको छ। सचिव हुने पालोमा लागेका वरिष्ठ सहसचिव बैकुण्ठ अर्याललाई सुदुर पश्चिम प्रदेशको कार्यवहाक प्रमुख सचिवको जिम्मा लगाईएको छ। 

अर्थ मन्त्रालयको राजस्व सचिव बनाईएका बराल लामो समय अर्थ मन्त्रालय बसेका अधिकारी हुन्। अर्थ मन्त्री रामेश्वर खनाल संग उहिल्यैदेखि राम्रो सम्बन्ध भएका बरालले सचिव बढुवा भएको छोटो समयमै मालदार मन्त्रालयको सचिव हुने अवसर पाएका हुन्। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्