सोसल मिडिया
युनिकोड
पुरानै ढर्राले कुशासन बढेको र सनातनी शासन व्यवस्थाले देश नबनेको निचोड सहित जेन्जीले गरेको आन्दोलनपछि बनेको सरकारले खटाएका एक थान सिडिओले जानियाँ राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रलाई बिर्साउने कृत्य गरेर पुरानै पारा देखाएका छन्।
गृह मन्त्रालयको जगेडाबाट जसोतसो बर्दियाको सिडिओ भएर गएका गोगनकुमार हमालले ‘पिर्के सलामी’ थापेर भद्दा नमुना देखाएका हुन्। उनी गृहको जगेडामा कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुँदा जेलको द्वन्द्व व्यवस्थापन गर्न नसकेर कारवाही स्वरूप तानिएका अधिकारी हुन्।
कैलालीमा सिडिओ चलाउन नसकेका हमाल बर्दिया पठाईएका हुन्। मिलाएर जागिर खान सिपालु उनको सिपालु कला ‘पिर्के सलामी’मा पोखिन पुगेको छ।
जहाँ हमाल त्यहीं लफडा भन्या जस्तै भएको छ उनका लागि। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा प्रहरीबाट कुटाइ खाएर भागेका व्यक्ति हुन्। इञ्जिनियरिङ्ग पढेका उनी प्रशासन सेवाको सहसचिव भएपनि निर्णय क्षमतामा कविलता छँदै छैन।