सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भ्रष्टाचार मुद्दामा डामिए

बुधबार, कात्तिक १२, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेलधुराको आतिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मडैले सामुदायिक वनको कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी हिनामिना गरेको दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले दायर गरेको मुद्दामा मडैसँग १८ लाख १५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्