पूर्व गृहसचिव दुवाडीलाई देशभर घुम्न लागेन बार, विदेश जान भने लगाईयो काँडेतार

शुक्रबार, असोज ३१, २०८२

भदौ २३-२४ को जेनजी पुस्ताको आन्दोलनको अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि काठमाडौं उपत्यका छाडेर देशभर भ्रमण गर्न अनुमति दिएको छ । शुक्रवार बसेको आयोगको बैठकले उनको सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमणको प्रस्ताव स्वीकृत गरेको हो ।

आयोगका अनुसार, दुवाडीले आन्दोलनका बेला गृह मन्त्रालयको सचिवको रूपमा गरेको कार्य छानबिनको दायरामा पर्छ । बयानका लागि आवश्यक भन्दै उनलाई सात दिनसम्म उपत्यका बाहिर भ्रमणको अनुमति दिइएको छ, तर विदेश भ्रमणमा भने रोक यथावत् छ ।

भ्रमणको उद्देश्य आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्नु तथा पुनर्निर्माण योजना तयार गर्नु हो । दुवाडीलाई समितिको संयोजकको रूपमा सातै प्रदेशमा स्थलगत अवलोकनको जिम्मेवारी दिइएको छ । आयोगले सबै सम्बन्धित निकाय, कार्यालय, उद्योग-व्यवसाय, राजनीतिक दल, शिक्षण संस्था र व्यक्तिलाई हानी-नोक्सानीको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्