लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो, के छ अवस्था ?

शनिबार, असोज १८, २०८२

धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ ।’

लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्