सोसल मिडिया
युनिकोड
बेथितिलाई हटाएर थिति बसाल्न, कुशासन हटाएर सुशासन कायम गर्ने अभिभारा काँधमा हालेर बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले सिंहदरबार भित्रै सुरुवाती दिनमै बेथितिलाई मलजल पुग्ने काम गरेको छ।
कार्की सरकारका मन्त्री कुलमान घिसिङ्गले अहिले उर्जा मन्त्रालय सहित शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन्। संसद् परिसर र सिंहदरबारको रङ्गरोगन तथा अन्य मर्मत–सम्भारका काम आफू निकट ठेकेदारलाई दिएको आरोप तिनै मन्त्री कुलमानलाई लागेको छ। सार्वजनिक खरिद ऐनलाई लत्याएर मन्त्रीको तजबिजीमा ठाडो निर्देशन भन्दै नियमविपरीत धमाधम काम भएको छ।
सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कुनै पनि टेण्डर प्रक्रिया नअपनाई, आफू निकटका ठेकेदारमार्फत काम भएको छ।
सिंहदरबारको काममा संलग्न ठेकेदारहरुमा पूर्ण बहादुर तामाङ, रविन्द्र भण्डारी, सुजन बुढाथोकीलगायतका रहेका छन् । यो सबै काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीहरू – चक्रवती कण्ठ (सुई), गणेश कर्मचार्य (सीडी), आकृति रिमाल (इन्जिनियर) र सुनिल महत (सब इन्जिनियर) को सेटिङमा भएको खुलेको छ ।
स्रोतका अनुसार, “मन्त्रीको निर्देशन” भन्दै कर्मचारीहरूले काम ठेकेदारलाई दिएको तथ्य फेला परेको हो । यद्यपि सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि सरकारी निकायले काम गराउँदा प्रक्रिया पालना नगरी काम दिनु गैरकानुनी र अख्तियारको दुरुपयोग मानिन्छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोर किपर सुनिल रोकायाको चलखेल पनि यसै बेला फस्टाएको छ। ओली सरकारका उपप्रधान समेत रहेका सहरी मन्त्री प्रकाशमान सिङ्गले समेत सुनिलको सरुवा रोक्न आदेश दिएका थिए।