राष्ट्रपति रामचन्द्र पौडलले आफूले संविधान मिचेको आफैंले स्वीकारे 

बिहीबार, असोज २, २०८२

राष्ट्रपति रामचन्द्र पौडलले आफूले आफू अब संविधानभन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरेका छन्। 

बिहीबार बिहान विभिन्न क्षेत्रका नागरिक अगुवाहरूसँगको भेटमा उनले यसअघि आन्दोलनले सिर्जना गरेको वाध्यात्मक परिस्थितिले गर्दा संविधानमा केही तलमाथि गरेर पनि राज्यलाई निकास दिए पनि अब त्यस्तो नहुने बताएका हुन्। उनले घुमाउरो पारामा आफूले संविधान मिचेको स्वीकार पनि गरेका छन्। 

‘यसअघि वाध्यात्मक परिस्थितिले गर्दा संविधानमा केही तलमाथि हुन गए पनि अब सबै काम संविधान सम्मत नै हुन्छ,’ राष्ट्रपतिलाई भेटेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पौडेलको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्रपतिले हामीसँग म संविधानभन्दा बाहिर जान  मिल्दैन। प्रधानमन्त्रीले पनि मिल्दैन। दलहरू सबै चुनावमा जानुपर्छ भन्नु भएको छ।’

विभिन्न क्षेत्रमा क्रियाशीले १४ जना नागरिक अगुवाले राष्ट्रपतिलाई भेटेर चार बुँदे सुझाव पनि पेश गरेका छन्। संविधानबाट बाहिर गएर अनावश्यक अध्यादेश जारी नगर्न पनि उनीहरूकाे माग गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्