संघीय सरकार मातहतका दश हजार दरबन्दी कटौती, कहिलेबाट हुन्छ कार्यान्वन ?

मंगलबार, भदौ ३१, २०८२

संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गरिने भएको छ। आज मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने एक सचिवले जानकारी दिए । यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त निर्णय कार्यन्वयन हुनेछ। कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस गरिने एक सचिवले तोकादेशलाई बताए। 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्