सोसल मिडिया
युनिकोड
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । छ वटा मन्त्रालयले मन्त्री पाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।