मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई तारन्तार दबाब, सपथ कहिले ?

आइतबार, भदौ ८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता केही मन्त्री हेरफेर गर्ने भएका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघ सरकारमा नयाँ मन्त्री पठाउने भएको छ । हाल कायम जसपातर्फका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”

हाल जसपाका तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडी छन् । यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने तयारी छ । रञ्जुकुमारी झालाई महिलामन्त्री बनाउने गरी पहिल्यै नाम पठाइएको उपाध्यक्ष बस्नेतले बताए ।

उता, लोकतान्त्रिक समाजवादी पार्टीले पनि मन्त्री फेर्ने भएको छ । श्रम मन्त्री शरदसिंह भण्डारी लाई पार्टीले फिर्ता बोलाएको छ । श्रम मन्त्री नियुक्त गर्न लोसपाले पत्राचार गरिसकेको छ । सर्वेन्द्र नाथ शुक्लालाई मन्त्री नियुक्त गर्न महन्थ ठाकुरले तारन्तार दबाब दिईरहेका छन् । 

कांग्रेसले मन्त्री फेर्न आनाकानी गरेपछि अल्छी भएका ओलीले एमालेका पनि केही मन्त्री फेर्न सक्ने संभावना छ । भ्याए भोलि सोमवार नत्र विहिबार सम्ममा नयाँ मन्त्रीलाई सपथ गराउने ओलीले बचन दिएको वुझिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्