सोसल मिडिया
युनिकोड
कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्। कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालय तानिएको हो।
कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ। दाङमा भने तत्काल कुनै निर्णय भइसकेको छैन। गत साता कैलाली कारागारमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो। झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए।
त्यसअघि नै कैदीबन्दीबीच विवाद देखिएको र समयमै सुरक्षा सतर्कता नअपनाउँदा उक्त घटना हुन पुगेको भन्दै हमाललाई सीडीओको जिम्मेवारीबाट अलग गरिएको हो।