युवती उचालेको उद्योगमा उद्योग मन्त्रीका स्वकीय सोझै बर्खास्त

मंगलबार, साउन २७, २०८२

जनै पूर्णिमाका दिन तागाधारी भएर डिस्कोमा पुगी युवतीलाई उचालेको बात लागेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारी उर्फ लोकेन्द्रलाई तिनै उचालिएकी युवती भारी भएकी छिन्। 

युवती उचालेको उद्योग लागेका उनलाई उद्योग मन्त्रीको खाईपाई आएको पिएबाट सोझै बर्खास्त गरिएको हो। साउनको अन्तिम सोमबारको साईतमै उनलाई साउन २६ गतेदेखि उद्योग मन्त्रालयमा देखा नपर्ने गरि धपाईएको हो। 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्