सोसल मिडिया
युनिकोड
न्यायालयमा चरम राजनीतिक हस्तक्षेप भएको र हुनेगरेको चर्चा लाई मलजल पुर्याउने काम ओली सरकारका एकजना चल्तापूर्जा मन्त्रीका नयाँ स्वकीय सचिवले गरेका छन् ।
विहिवार बसेको न्याय परिष परिषदको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्यो । जसमा नेपाली कांग्रेस र एमालेले भागवण्डा गरेको भन्दै चर्को आलोचना भएको छ ।
जसलाई मलजल गर्नेकाम ओली सरकारका उर्जा मन्त्री दीपक खड्काका नयाँ पिए कुमार बावु अधिकारीले गरेका छन। संखुवासभा कांग्रेसका सचिव समेत रहेका अधिकारीले एक स्टाटस लेख्दै न्यायालयमा भएको राजनीतिक हस्तक्षेपको पटाक्षेप गरेका हुन् ।
संखुवासभाको सभापोखरी गाउँपालिकाका श्याम कुमार विश्वकर्मा २७ जना न्यायाधिश नियुक्तिको सूचीमा समावेश छन्। उनलाई तिनै उर्जामन्त्रीले न्यायाधिश बनाएको व्यहोरा सहित पिए अधिकारीले बधाई दिएका छन्।
न्याय परिषद्ले नियुक्तिको सिफारिस गरेपनि उनीहरुलाई प्रधान न्यायाधिशले नियुक्ति गर्नै बाँकी छ ।