प्रधानमन्त्री ओलीले साउन अन्तिममा सरकारको काँचुली फेर्ने, नयाँ मन्त्रीले झन्डा बेर्ने

आइतबार, साउन १८, २०८२

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा निस्किने भएका हुन् ।

साउन २३ गते फर्किने गरि त्यता जाने प्रधानमन्त्री ओलीले उताबाट आए लगत्तै आफ्नो सरकारको काँचुली फेर्ने खबर लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतलाई पठाएका छन्।

भ्रमणको जानकारी दिन शनिवार शितलनिवास पुगेका ओलीले राष्ट्रपतिलाई पनि सोही कुरा सुनाएका छन्। 

ओलीले एमालेका तीनजना बाहेकका सवै मन्त्री फेर्ने भएका छन्। अर्थ, शिक्षा र सामान्य प्रशासन बाहेकका मन्त्री हट्ने भएका हुन्। एमाले महासचिव शंकर पोखरेलका भित्रिया भूमि मन्त्री बलराम अधिकारी पनि हुत्तिने सूचीमै छन्। पोखरेल भने अधिकारी जोगाउन लागिपरेका छन्। तर, ओलीले मुन्टो बटारेपछि उनको थमौती नहुने पक्का छ ।

यता, कांग्रेसका पनि धेरैले घर जानुपर्ने भएको छ । पार्टी भित्र अतिरिक्त सक्रियता बढाएको भन्दै शहरी मन्त्री प्रकाशमान सिंहलाई चाक्सीवारीमै सिमित गराउन देउवाको कान फुक्नेको संख्या हरदिन बढिरहेकै छ । सिंहको उप्रप्रधान आरजुलाईदिन लविङ गर्नेको संख्या पनि सानोतिनो छैन । उता, पर्यटन मन्त्रीलाई धारेहात लगाउने त झन् बग्रेल्ती छन्। स्वास्थ्य मन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्री बाहेकका मन्त्रीको कामै नभएको ठहर काँग्रेसका उच्च तहकै नेताको छ । यता, पूर्णबहादुर खड्काको ध्यान चाँही वन मन्त्री जोगाऊनमै छ ।

उपेन्द्र यादवलाई देव्रे किक हानेर बनेको पार्टी जसपाले पनि मन्त्री फेरेको छ । उक्त पार्टीले वीरेन्द्र महतोलाई खानेपानी मन्त्री र रंजु झालाई महिला मन्त्री बनाइदिन ओलीलाई एक थान पत्र बुझाईसकेका छ । त्यस्तै, महन्थ ठाकुरको लोसपाले पनि सर्वेन्द्र नाथ शुक्लालाई श्रममन्त्री सिफारिश गर्दै पत्र थमाएको छ । यो सवैकाम ओलीले साउन अन्तिम साता गर्ने भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्