सोसल मिडिया
युनिकोड
सर्वसाधारणलाई गलत सूचना प्रवाह गरेर भ्रमित पार्ने, झुटो कारोबार गरेर दुनियाँलाई मुर्गा बनाउने सेयर बजारका नामूद ठग दीपेन्द्र अग्रवाल यतिबेला प्रहरीको नियन्त्रणमा हत्कडी भिरेर दिन कटाई रहेका छन्। अघिल्लो सोमबार प्रहरीले कब्जामा लिएको अग्रवाललाई थुन्न अदालतले पछिल्लो पटक चार दिन म्याद थपेको छ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा दीपेन्द्र कुमार अग्रवालसहित ५ जना विरुद्ध ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
विभाग अनुसार राजस्व ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजायको माग दाबी गर्दै मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रतिमा महर्जन, बिमल अग्रवाल र दिपेन्द्र कुमार अग्रवाल विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ११ बैशाख २०७९ मा उनी विरुद्द मुद्दा दायर गरिएको हो।
राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेपछि उनीहरु बिरुद्द मुद्दा दायर भएको हो। अग्रवाल माथि सम्पत्ति शुद्दिकरण विभागले पनि चासो व्यक्त गरेको छ।